Thursday, October 4, 2012

388.हामी बिचको मनको डॊरि फुके जस्तो लग्यो

हामी बिचको मनको डॊरि फुके जस्तो लग्यो
भेट हुँदा तिम्रो नजर आलि झुके जस्तो लाग्यो
.
हाँसी खुशी बाँच तिमि आँसु म पिउछु भन्थ्यौ
मेरो निम्ति बग्ने आँसुहरु सुके जस्तो लाग्यो
.
आज भोलि मन मेरो संका भित्र रुमलिदैछ
जुन बाटोमा कुर्थ्यौ त्यहीं लुक़ॆ ज़स्तो लाग्यो
.
दुख;सुख बाँद्थ्यौं हामी भावाना संगै साट्थ्यौं

पहिले भन्दा निशाना आज चुके जस्तो लाग्यो
.
मेरो मन दुख्दा पनि खुब हाँस्यौ होइन तिमि
त्यही कुरा संझी आफ्नै मन दुखे जस्तो लाग्यो
.
. शेर्पिनि कान्छि
  हाल-इजरायल 

1 comment :