Thursday, October 4, 2012

389.जीवन रंगमंच हो सबैलाई हँसाउनु पर्छ!

जीवन रंगमंच हो सबैलाई हँसाउनु पर्छ!
दुःख भएनि ओंठमा हाँसो बसाउनु पर्छ!

तिम्रो खुसि आफ्नै ठानी रामाउने होलान!
खुसी उही माथी वर्षा बनी खसाउनु पर्छ!

चोखो माया लाए यहाँ युगौं युग टिक्नेछ!
उसैलाई विस्वास र मायाले कसाउनु पर्छ!

भावनासँग कसैको खेल्नु हुन्न कहिल्यै!
नपीड़ा दिनु पर्छ नकसैलाई फसाउनु पर्छ!

सपनाहरु देखाई झूटा बाचा-बन्धन गरी!
न तोड्नु बाचा न कसैलाई असाउनु पर्छ!

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

No comments :

Post a Comment