Thursday, October 4, 2012

390.आकाशमा जून कहिले सम्म रहन्छ..?

आकाशमा जून कहिले सम्म रहन्छ..?
यो तातो खुन कहिले सम्म रहन्छ..??

पिडकलाई काखा पिडितलाई पाखा..
अन्धो कानुन कहिले सम्म रहन्छ..?

बिदेशको ईसरामा नाच्या छ सरकार..

अनौठो कार्टुन कहिले सम्म रहन्छ..??

पश्चिममा पहिरो गो पुर्वमा बाढी भो..
अँझै मनसुन कहिले सम्म रहन्छ..??

नेपाली गजलको भविस्य छैन है..
बिदेशी धुन कहिले सम्म रहन्छ..??

लक्ष्मण मिलन विष्ट
हाल-मुम्बई महारारास्ट्र 

No comments :

Post a Comment