Thursday, October 4, 2012

401.मुटु बाट तिम्रो माया झिकी फाल्न गाह्रो भयो ,

मुटु बाट तिम्रो माया झिकी फाल्न गाह्रो भयो ,
फाल्न पनि नसक्ने त्यो रोग पाल्न गाह्रो भयो ।

समान थ्यो ताप त्यहाँ फरक भो गलाई हेर ,
हेर्दा हेर्दै सबै गले तिम्लाई गाल्न गाह्रो भयो ।

मायाको त्यो बाती काति दियोमा नि तेल हाल्यौ,

सलाई मेरो हातैमा थ्यो कोरी बाल्न गाह्रो भयो ।

जिन्दगी नै सुम्पि दिदा फाल्यौ भन्दै वचनका ,
तिर चलाई मुटु छेड्यौ मलाई टाल्न गाह्रो भयो ।

दुनियालाई साक्षि राखि तिम्रो हुन सक्दिन म ,
मन भित्र माया बोकि पाईला चाल्न गाह्रो भयो ।

शान्ति अधिकारी
बाँके २०६९

No comments :

Post a Comment