Thursday, October 4, 2012

404.दश नंग्रा खियाऊँदानी भाग् टर्छ आफ्नै!


दश नंग्रा खियाऊँदानी भाग् टर्छ आफ्नै!
हरेक राती यही सोंचले प्राण हर्छ आफ्नै!

हारेको त छैन"आत्माविस्वास बलियो छ!
दृढ विस्वास पाखुरामा,,,मात्र भर्छ आफ्नै!

भर कसैको पर्नु हुन्न" पौरखी हुनु पर्छ!
स्वाभिमानी त्यो हुन्छ जस्ले गर्छ आफ्नै!

धनले गरीब भए पनी मनले गरीब नहौं!
त्यहीं स्वर्ग त्यहीं आनन्दको घर्छ आफ्नै!

आत्मा सँधै स्वच्छ राख्नु माया-प्रेम भरी!
दुःख पीड़ा नदेऊ नत्र आत्मा मर्छ आफ्नै!

लज्जास्पद काम कुनै गर्नु हुन्न तिमीले!
त्यो गिरेर नज़र बाट स्वयम झर्छ आफ्नै!

ज्ञान गुणका कुरा बाँडी हिंड्ने म हूँ त्यो!
समाजमा माहामानव नाम धर्छ आफ्नै !

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

No comments :

Post a Comment