Thursday, October 4, 2012

403.दलालको ओछ्यानमा सुत्छ यो कानुन..!!


दलालको ओछ्यानमा सुत्छ यो कानुन..!!
गरिवको आँखामा मुत्छ यो कानुन..!!

म किन ढुङ्गा हिर्काउथेँ अदालतमा..
सालिन्दार बाहनमा कुद्छ यो कानुन..!!

भाउजुको सिउदो रित्याउदा वैरीले..
उसैको पक्षमा उठ्छ यो कानुन..!!

जन्ताको रगतले लेखिन्छ मेटिन्छ..
जन्ताकै रगतमा थुक्छ यो कानुन..!!

कानुनको धज्वी उडाउने थिईन..
सोझाको हाड छाला लुछ्छ यो कानुन..!!

लक्ष्मण 'मिलन' विष्ट
हाल-मुम्बई महारारास्ट्र 

No comments :

Post a Comment