Tuesday, October 16, 2012

456.काँडा बदला दिन्छु फुल उपहार लैजाऊ।

काँडा बदला दिन्छु फुल उपहार लैजाऊ।
आज सम्म गरेको भुल उपहार लैजाऊ॥

हुन्छौ भने सफल तिमी रित्ताएर मलाई।
जंघार मैले तर्ने पुल उपहार लैजाऊ॥

खुसी सारा लुट्यौ आखिर के दिऊ तिमिलाई।
हासो बदला आँशु मुल उपहार लैजाऊ॥

बाचा तोड्यौ यात्रा मोड्यौ सहयात्री बन्नु छैन।
गरेथ्यौ त्यो फिर्ता कबुल उपहार लैजाऊ॥

तयार पारें तिम्रा लागी यो एउटा गजल।
भावनाका शब्द हुल उपहार लैजाऊ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments :

Post a Comment