Sunday, October 21, 2012

467.छाती पोल्दै बेदनाको,,आगो बली रह्यो

छाती पोल्दै बेदनाको,,आगो बली रह्यो
ब्यथा झनै बढ्दै जाँदा,मुटु जली रह्यो||

ओत लाग्ने शितल दिने,भरोसाको छानो
घातै घातले मक्किएर,आफै ढली रह्यो||

आधा गाग्री पानी जस्तो,छल्किएर खुसी

पोखिएर मनै भरी,बिस्मात फली रह्यो||

दुई दिने चोला आखिर,भाच्न लाई होला
जिन्दगीमा बेदना को,आँधी चली रह्यो||

सहारा को भिख माग्दै,हात थाप्दा पनि
भोली भन्दै दैव ले नि,सदा छली रह्यो||

योगेन ढोलि
काठमाडौँ,नेपाल 

No comments :

Post a Comment