
पिर भारी बिसाएर हाँस्नु तिम्रो बसमा छैन !!
पिर अनि खुशीयाली, थुंगा थुंगा छरिएका
एउटै माला बनाएर गाँस्नु तिम्रो बसमा छैन !!
समयले नचाउँछ सासँ बाँकी रहुन्जेल
तालमा ताल मिलाएर नाँच्नु तिम्रो बसमा छैन !!
कैले खोल्छ बाटो यही, कैले बन्छ अवरोध
गाँसिएको नाताहरू भाँच्नु तिम्रो बसमा छैन !!
आँधिबेहरी चल्छ यहाँ ओइलाई जान्छ आशको मुना
पलाउँछ फेरी पनि मास्नु तिम्रो बसमा छैन !!!
संगिता कार्की "बिरहि"
बुटवल-रुपन्देही
गाँसिएको नाताहरू भाँच्नु तिम्रो बसमा छैन !!
आँधिबेहरी चल्छ यहाँ ओइलाई जान्छ आशको मुना
पलाउँछ फेरी पनि मास्नु तिम्रो बसमा छैन !!!
संगिता कार्की "बिरहि"
बुटवल-रुपन्देही
No comments :
Post a Comment