Sunday, October 28, 2012

505.उसले मलाई गाली दियो !


उसले मलाई गाली दियो !
म सोचमा परें ताली दियो !!

मधुशालाको कथा यस्तै हो ,
बिल मै तिर टाली दियो !!

साहूजी पनि त जाली रै'छ ,
पुरानो बिल'नि हाली दियो !!

तीन महिना भो नातिरेको,
हजूर! यसै पली दियो !!

रतनेको पारो तात्यो ,
घोक्रयाएर फालि दियो !!
 
रतन बी.क 
बर्दिया,नेपाल
हाल-भारत,गुजरात  

No comments :

Post a Comment