Monday, October 29, 2012

513.नदेखोस झै गरी जान्छेउ नि किन हो ?

नदेखोस झै गरी जान्छेउ नि किन हो ?
मैले नहिंड्ने बाटो छान्छेउ नि किन हो ?

माया भए छ भन्नु नत्र छैन भन्नु नि
ब्यङ्य रुपी बचन हान्छेउ नि किन हो ?

साचो प्यारमा त मान्छे भाबुक हुन्छन
मन्ध हाँस्दै कसम खान्छेउ नि किन हो ?

तिम्राझै हात खुट्टा सबै उस्तै मेरा पनि
म मात्र एक्लो परी ठान्छेउ नि किन हो ?

एही घर हो, पैले मन्दिर हो भन्थेउ
अली अलि सामान लान्छेउ नि किन हो ?

कस्ले लगायो बानि, जिन्दगानी खरानी
आज कुन तालमा तान्छेउ नि किन हो ?

नबिन नेपाल
सुडाल - ०८
भक्तपुर

No comments :

Post a Comment