सोच्दा सोच्दै थकित भय,पानी कल्ले देला?
यो तिहारमा आशिरबात,सानि कल्ले देल्ला?
आउछु भन्ने बाचा थियो,फेरी पनि पत्र लेखे
निर्दयी निस्ठुरिलाई बिस्वास,ठानि कल्ले देल्ला?
सप्तरङी टिका लाउने,धौसी भैलो सँगैइ गाउने
मेरो प्यारो जन्मभुमि,तानी कल्ले देला?
नलिनु है चिन्ता दिदि,यो परदेशी भाईको
लोभि मन यस्तै रहेछ,धनको खानि कल्ले देला?
गोकर्ण कोईराला
सर्लाही-४ हाल्-अफ्गानिस्तान
No comments :
Post a Comment