Wednesday, December 5, 2012

547.तिमी सामु खड्ग उठाई जागेर हेर्छु

तिमी सामु खड्ग उठाई जागेर हेर्छु।
अब मायाको भिख मागेर हेर्छु।।

म'मा मुटुनै छ,यकदिन टुट्नुनै छ।
मुटु झिकि तिमी माझ चाङ्गेर हेर्छु।।

बिस्वास त छैन तिमीलाई मै गरीबको
शुभ प्रभात सँगैइ मुग्लान लागेर हेर्छु।

साचेर अर्थ छैन यहाँ बाचेँर त खै!!!
भयको माया सबै-सबै त्यागेर हेर्छु।

गोकर्ण कोईराला
सर्लाही-मिलौनचोक्-४
हाल्-अफ्गानिस्तान

No comments :

Post a Comment