Wednesday, December 5, 2012

548.दिए दिन तिमीलाई,रात मेरै हो

दिए दिन तिमीलाई,रात मेरै हो
सुनाउदा नि नसुन्ने,बात मेरै हो

हाम्रो समाजको ,कुबिचार भित्र
बर्ण बर्ग नमिल्ने यो,जात मेरै हो

जिन्दगीलाई दोष,के दिऊ कठै
बरालिदै हाँसी हिड्ने,मात मेरै हो

भित्र भित्रै लच्किएर,ओईलाए र
तिम्रो मन्मा सडीरने,पात मेरै हो

उद्धेश्य यो खोक्रो लिई,संसार सामु
बाच बाचौ भन्ने पनि,आट मेरै हो

तिमीलाई पल पल,साथ दिदा दिदै
छाडी दिने एक्कासी यो,हात मेरै हो

द.कैलाश राई

No comments :

Post a Comment