Thursday, March 14, 2013

सेलकर पाख्रिन तामाङका गजलहरू

१.गजल 
आजकल तिम्रो नाममा,पिउन थालेको छु
पिएरै यो एक्लो जीवन,जिउन थालेको छु

त्यो रोएको जूनसंगै रातैभरी तिम्रो यादमा
चोट दिने प्रीतको गीत,गाउन थालेको छु

सजाएथे नयनभरी मिठा मिठा सपनाहरु
त्येही सपना नयनबाट,बगाउन थालेको छु

फूलमा खोजे मूलमा खोजे हृदयमा गाडिएको
तिम्रो माया काँडाहरुमा,पाउन थालेको छु


आशाहरु सबै टुटे,टुट्न सक्छ सास पनि
यसैले त आफ्नै कात्रो,सिउन थालेको छु

सेलकर पाख्रिन तामाङ
नुवाकोट-देउराली,हाल यु.ए.इ

२. गजल
फुटेर गए यी आँखाका,फेवा अनि राराहरु
बगाएर लगे मेरा,जीन्दगीका टहराहरु

भाग्य माथि ग्रहण अनि औंसी लागे पछि
बादल भित्रै रोइन मेरा,जून अनि ताराहरु

प्रेम नगरमा बिश्वासको खडेरी लागे पछि
सुक्यो त्यहाँ माया प्रेमका,छाङ्ग अनि छहराहरु

फसेको छु दुख भित्र बेसहरा छु तर पनि
भो चाहिन्न कसैको,स्वार्थीपूर्ण सहराहरु

कल्पनामा होइन अचेल यथार्थमा बग्दै छु म
नदेउ अब कसैले झुटा,आदर्शका नाराहरु
सेलकर पाख्रिन तामाङ
नुवाकोट-देउराली,
हाल:यु.ए.इ

३.गजल
गजल

भो कायर नसम्झ,बाच्न जानेको छु
दुखसुख जीवनको रथ,हाक्न जानेको छु

बर्तमानमा धुरुधरु रुवाएर के भो सानु
हासोखुशी हृदयभित्र,साच्न जानेको छु

भो तेल धसेर फेरी समिप नहोउ
साँचो र झुटो माया,जाच्न जानेको छु

तिमीले देको चोटहरुमा बेदनाको गीत गाउँदै
जीन्दगीको आफ्नै तालमा,नाच्न जानेको छु

कति पीडा दिन्छौ देऊ इश्वर तिमी
तिम्रै बरदान सम्झी,थाप्न जानेको छु

सेलकर पाख्रिन तामाङ
नुवाकोट-देउराली,हाल यु.ए.इ 

No comments :

Post a Comment