Friday, April 26, 2013

613.फेसबुकबाट शुरु भयो हाम्रो चिनाजानी,

गजल 
*****************
फेसबुकबाट शुरु भयो हाम्रो चिनाजानी,
हुन थाल्यो टेलीफोनमा दैनिक कुराकानी।

सम्झनामा दिन बित्छ रात छटपटीमा 
दलदलमा फसे जस्तो लाग्छ जानीजानी।

अनलाइनमा च्याट हुन्छ आजै भेटौ भन्ने,
अकस्मात फोन गरेर गर्छिन आनाकानी।

रिस उठछ फोन काट्छु भेटन न आउदा ,
म्यासेज गर्दै फकाउने कस्तो उनको बानी।

फेसबुके मायामा बेचैन भो जिन्दगी अचेल,
सन्यासी हुदैछ आजैबाट यो मोहन बिहानी।

Copyright @ मोहन बिहानी
भक्तिपुर सात
सर्लाही

No comments :

Post a Comment