बिद्रोही सँधै द्वन्दमा रमाउँछ॥र चक्काजाम बन्दमा रमाउँछ॥
पैसाले भरिपुर्ण भएको मान्छे॥
सुखै सुख आनन्दमा रमाउँछ॥
ऊ एउटा अपाङ्ग नै भए पनी॥
मिठो मुस्कान मन्दमा रमाउँछ॥
गजल लेख्छ कविता पनि लेख्छ॥
कवि हो कवि छन्दमा रमाउँछ॥
न बोल्छ न हाँस्छ र पनि "अभागी"॥
हो फूलका सुगन्धमा रमाउँछ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर







No comments :
Post a Comment