खुल्लै थियो पस्न सकिन, तिम्रो ढोका बाटै फर्कें ...
रुँदै थियोउ बस्न सकिन, तिम्रो ढोका बाटै फर्कें ...
बिडम्बना पोख्दै थियोउ ढुंगा रुपी देउता संग ...
आशु बनि खस्न सकिन, तिम्रो ढोका बाटै फर्कें ...
हेरें देखें म नि बिबस थिएँ तिमि लाई...
अंगालोमा कस्न सकिन, तिम्रो ढोका बाटै फर्कें ...
मधुरो त्यो प्रतिबिम्ब हृदय भरि छाउछ फेरी ...
सम्झना ले डस्न सकिन, तिम्रो ढोका बाटै फर्कें ...
खुल्लै थियो पस्न सकिन, तिम्रो ढोका बाटै फर्कें ...
आशु बनि खस्न सकिन, तिम्रो ढोका बाटै फर्कें ...
- जीवन गुरुङ " बिकलान्त "








No comments :
Post a Comment