Saturday, June 15, 2013

629.देशको उद्धार गर्न नसके बाँचेर के भो जीवन

देशको उद्धार गर्न नसके बाँचेर के भो जीवन
देशको खातिर मर्न नसके साँचेर के भो जीवन ।

देश वन्छ भनेर तातो गोली पियर मानिस ढले
आखिर् बनेन शहिद तिमीले नाँसेर के भो जीवन ।

देखायौ सपना सपुतलाई गुलियो जन्युद्ध लडौं
दशौं हजार जनताको होली माँसेर के भो जीवन ।

आपसमै लडेर भाँच्यौ सिङ्ग अघि त्यो सहमतिको
मृत्युपछिको औषधि मित्रता गाँसेर के भो जीवन ।

रगत पसिना बगाउँदा एकपेट् नभरिएपछि
रुँदारुँदै रुन्चे हाँसो नहाँस हाँसेर के भो जीवन ।
चूडा निर्भीक
आाँपपिपल ७ गोरखा

No comments :

Post a Comment