Saturday, June 15, 2013

631. असत्यको साथी ताली भए पछि।

असत्यको साथी ताली भए पछि।
हार्नु पर्छ मित्र जाली भए पछि।

डाँडु पन्यूँ पनी बाटो लाग्दो रैछ
कसौँडी र कराई खाली भए पछि।

सुन्दर मुहारमा के चाहियो अरु,
ओठ भरि रातै लाली भए पछि।

मन मोहक फूल कहाँ फुल्थ्यो बरै,
रोगी र लाँछिएको डाली भए पछि।

फुल्नेछु संदैब सुवास छरि छरि,
तिमी मेरो संधै माली भए पछि।

सहन्छु जे पनी हाँसी हाँसी प्रिय,
तिम्रो मीठो बोली गाली भए पछि।

भिनाजूको मन कुरी कुरी भै हाल्छ,
ससुरालीमा मस्त साली भए पछि।

पवन जी एम्
गुल्मी हाडहाडे

No comments :

Post a Comment