आकाशमा पिल पिल हेरि रहेछु॥उडी रहेको त्यो चिल हेरि रहेछु॥
परिश्रम बिना नै खडा गरिएको॥
म सपनाको मन्जिल हेरि रहेछु॥
अरुलाई साथ दिए दुःख मा सँधै॥
आफ्नो समस्या जटिल हेरि रहेछु॥
एकै ठाउँ राख्यौ छुट्याउन गाह्रो भो॥
को हो जउँ को हो तिल हेरि रहेछु॥
नागबेली चाल मृग नयनी देख्दा॥
हो रानीको मेहेफिल हेरि रहेछु॥
"अभागी" मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली...







No comments :
Post a Comment