Saturday, June 15, 2013

633. हेर्नुहोस् कती निच् छन् यी मान्छेहरु


हेर्नुहोस् कती निच् छन् यी मान्छेहरु
सोझाको छाती थिच्छन् यी मान्छेहरु

यही समाजले आश्रय दिएको छ
हामीहरुकै बिच् छन् यी मान्छेहरु

आमाको दुध र ममता बिर्सिएर
जननीको खुन् घिच्छन् यी मान्छेहरु

फूल फुलेको देख्योकी डाह हुन्छ
र त पाउले किच्छन् यी मान्छेहरु.

मिठो मुस्कान छरेर मायाको आँचल्
किन यसरी फिज्छन् यी मान्छेहरु..??

लक्ष्मण मिलन विष्ट
अछाम कालिकास्थान

No comments :

Post a Comment