Saturday, June 15, 2013

634. गरिबीको मझेरीमा राजनीति विवाद छ //


गरिबीको मझेरीमा राजनीति विवाद छ //
प्राणरुपी बतासको उल्टो सुल्टो बहाब छ //१//

यतार्थमा भन्नु पर्दा कति झुट कति सही//
सृजनाका मुर्तिहरुको मुहारमा तेजाब छ //२//

बिक्छ यहाँ इमान्दारी सजायको भागी दुखी//
अदालतको सुनुवाई पैसा मुखी इन्साफ छ//३//

बाँच्न यहाँ खानु पर्छ छ कि यस्मा कुनै शंका ?//
मान्छेले नै मान्छे खादा अलाप र बिलाप छ //४//

ब्रमाण्डमा मुखहरू पल पल बृद्दि हुँदा //
जन्माउने बा आमाको हृदयमा सन्ताप छ //५//
__________तारा प्रसाद अधिकारी
_______दानाबारी -१[गरुवा] ईलाम —

No comments :

Post a Comment