शंका लाग्छ उसको आशय भित्रभगबान भेटिदैन शौचालय भित्र
मैले यसबारे सोचिरहेको छु
के स्वार्थ छ उसको निर्णय भित्र
केहि छलकपट भएको त छैन
उसको एकतर्फी बिजय भित्र
कलियुगमा सिताको अग्निपरिक्षा
मेरो मायाँ छ छैन त्यो हृदय भित्र
'प्रकाश' कहाँ कैद हुन्छ र साथी
तिमीले भन्दैमा समय भित्र ॥
प्रकाश अज्नबी







No comments :
Post a Comment