Saturday, June 15, 2013

636. सपनीमा आउने मेरै मान्छे हुनुपर्छ ।

लक्ष्मण 'मिलन' विष्ट
सपनीमा आउने मेरै मान्छे हुनुपर्छ ।
मेरो हात समाउने मेरै मान्छे हुनुपर्छ..!!

मुटुको ढुकढुकीमा ओत लाग्दै सुस्तरी..
सुस्ताउदै निदाउने मेरै मान्छे हुनुपर्छ..!!

हरेक रात हरेक दिन नरोएको पल छैन..
यसरी तड्पाउने मेरै मान्छे हुनुपर्छ..!!

अथाहा माया छ कालीको कसम हजुर..
अश्रुभेल बगाउने मेरै मान्छे हुनुपर्छ..!!

बाँच्न त सक्दिन मर्न पनि कहाँ सक्छु..

बेस्सरी रुवाउने मेरै मान्छे हुनुपर्छ..!!

लक्ष्मण 'मिलन' विष्ट
आछाम  

No comments :

Post a Comment