Saturday, June 15, 2013

637. म यो सरकारमा पुग्दा हलचल हुनेछ


म यो सरकारमा पुग्दा हलचल हुनेछ
को को मन्त्री बनाऊने छलफल हुनेछ

लक्ष्य लिनु उडि छुनु चन्द्र एक भन्छन
आशा गरौ गरिबहरु बस्ने महल हुनेछ

जन्ता हितका कार्य लिई अघि बढ्छु
मेरै सरकार बचाउन मलजल हुनेछ

कारबाही गरी शरिर किनबेच गर्नेलाई
आबश्यक सामान किन्ने पसल हुनेछ

जोगाई कला संस्कृति प्रबिधीमा सर्दै
नेपाल र सगरमाथा सधै अटल हुनेछ

स्मार्ट G सन्देश
रुद्रपुर-9 हरैया
रुपन्देही नेपाल

No comments :

Post a Comment