Saturday, June 15, 2013

639. गल्ति धेरै तिम्रो थियो अलिकति मेरो पनि

शान्ति पाख्रिन
गल्ति धेरै तिम्रो थियो अलिकति मेरो पनि
तिमी रुदा बग्यो आँसु ताल जती मेरो पनि

छुट्दा साथ दुख्यो मुटु मर्छु अब भन्छौ अरे
मरौकी बाचौ दोधारमा त्यही गती मेरो पनि

नत बुझ्यौ तिम्ले मलाइ न मैले बुझ्न सके
तिम्रो जस्तै बिग्रिएछ लौन मती मेरो पनि

सयौ जुनी संगै बाच्ने बाचा हाम्रो टुटी जादा
त्यही सम्झी पोल्छ छाती भत्भती मेरो पनि

╰☆╮☆•*¨★ S.P ★¨*•☆╰☆╮

शान्ति पाख्रिन 
हाल इजरायल

1 comment :