Saturday, June 15, 2013

640.तिमी संग बिताएको, रात भुल्न चाहन्छु

 तिमी संग बिताएको, रात भुल्न चाहन्छु
शेर्पीनि कान्छि
लठै पार्ने जवानिको, मात भुल्न चाहन्छु॥
.
अगी बढनु खोज्दैछु सारा अतित भुलाउदै
एउटै छाता ओडेको ,बर्षात भुल्न चाहन्छु॥
.
जति भेट्यो भेटु लाग्ने कस्तो न्यानो साथ
कसम खादै चुमेका, हात भुल्न चाहन्छु॥
.
केही पलको मिलन बिजाउने काडा बन्यो
फुल झर्दा मुटु दुख्यो,पात भुल्न चाहन्छु॥
.
घाम जुन देखाउदै नछुट्ने बाचा गर्थ्यौ
बन्धन तोडी गएको, घात भुल्न चाहन्छु॥
.
शेर्पीनि कान्छि
हाल इजरायल 

No comments :

Post a Comment