Tuesday, December 17, 2013

गज़ल:- दुखेर नै जिन्दगानी बित्न लाग्यो




कोमल गज़ल:-

दुखेर नै जिन्दगानी बित्न लाग्यो
कुरेर नै जिन्दगानी बित्न लाग्यो

भयो यहाँ दर्द धेरै भित्र भित्रै
टुटेर नै जिन्दगानी बित्न लाग्यो

थकानले हात गोडा पोल्छ धेरै
गलेर नै जिन्दगानी बित्न लाग्यो

जताततै वेदनाले हुन्छ पीडा
सहेर नै जिन्दगानी बित्न लाग्यो

कसोगरी बस्नु होला झोक्रिएरै
बिझेर नै जिन्दगानी बित्न लाग्यो

अझै बनौँ स्वाभिमानी भन्छ आत्मा
झुकेर नै जिन्दगानी बित्न लाग्यो

छन्द - तोब्सार
(४/४ अक्षरमा विश्राम )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

No comments :

Post a Comment