Thursday, February 27, 2014

                 
               #गजल#
आहा ! आज क्या आराम भो शराब पिए पछि ।
उनि सँग पो सङ्ग्राम भो शराब पिए पछि ॥

अर्थ खोज्नै नजानेर रङ्गिन यो जिवनको ।
सम्बन्ध पूर्ण बिराम भो शराब पिए पछि ॥

अचार थियो उनकै याद शराबको साथ ।
रातै भरि हरेराम भो शराब पिए पछि ॥

कता थियो बिस्तारा खै आफैलाई थाहा भएन् ।
खुला आकास निल डाम भो शराब पिए पछि ॥

पाप हो या पुण्य गरे तिम्रो यादमा कल्पिएर् ।
शौचालय चारधाम भो शराब पिए पछि ॥

facebook 

लोकराज घिमिरे 

No comments :

Post a Comment