फुटेको यो तक्दिर छ, आयो दशै तिहार!!
घर भोका लाला बाला,साहुको ऋण सम्झी!
येता मन अस्थिर छ, आयो दशै तिहार!!
दिन रात आत्मा बेच्दा,गुलाम बनी मैले!
झुकेको यो शिर छ, आयो दशै तिहार!!
समाजको रिति थिती, आफ्न्तको डर अझै!
मान्नै पर्ने जन्जिर छ, आयो दशै तिहार!!
हुने खाने रमाउदा,हर्ष खुसी उल्लासले!
हाम्लाइ तारे भिर छ, आयो दशै तिहार!!
Parkash Pokhrel
tokyo, japan







No comments :
Post a Comment