Friday, September 4, 2015

अनुप सापकोटाका २ गजलहरू -04-09-2015

१,निन्द्रा छैन रातमf अच्रेल
आजकल त किन हो खै,निन्द्रा छैन रातमा अचेल।
सराबमा चलेको छु,शक्ति छैन भातमा अचेल।।

लोभिएर फसेछु म त्यो, तिम्रो चक्रबिउमा।
पहिलेजस्तो निसन्देह सत्य छैन बातमा अचेल ।।

मुटुको धडकन अनि मनमा पनि हुन्छु भन्थेउ। 
हिडेकि छेउरे अर्कै सङग, मत छैन साथमा अचेल।।

अनयासै आजभोली डुल्दोरैछु गल्लि गल्ली।
सुनेकोछु तिम्रो अहिले ,भुइँ छैन लातमा अचेल।।


2.मन पर्दैन साथी
शुभकार्यमा आनाकानी ,मनपर्दैन साथी ।
गल्ती गर्छउ जानाजानी, मनपर्दैन साथी

अतीतका झल्कोहरू बिर्से हुन्छ अब।
पल्टाउछउ पानापानि मन पर्दैन साथी

माया भन्ने शब्द जब सुन्छु मैले कसैबाट।
चर्किन्छ यो कुनाकानी मन पर्दैन साथी ।।

सिपालुछउ कुरा गर्न नेताज्युनै बन्छउकित
बन्दहडताल आगजानी मन पर्दैन साथी

No comments :

Post a Comment