Showing posts with label धुर्ब के.सी. Show all posts
Showing posts with label धुर्ब के.सी. Show all posts

Tuesday, October 2, 2012

368.तिम्रो जवानी त बैसालु, फुल भएछ!!

तिम्रो जवानी त बैसालु, फुल भएछ!!
भमराले ...चुमेछ मिठो, भुल भएछ!!

तिर्खा मेटाउन साह्रै सिपालु तिमी त!
माया त तिम्रो दोबाटोको,मुल भएछ!!

ितम्रो बासनाले यो सुनसान गाँउमा!
प्यास मेटाउनेहरू को.., हुल भएछ!!

सबैलाई.. लोभ्याउने ितम्रो जवानी!
म बाट नी अलीकती, असुल भएछ!!

D. Kc
बुटवल-रुपन्देही 
हाल- संयुक्त अधिराज्य अमेरीका

Sunday, August 19, 2012

189.मोहनी तिम्रो, हाँसोमा थियो


मोहनी तिम्रो, हाँसोमा थियो
यो मन तिम्रै, पासोमा थियो

ितमीलाई अंगालोमा बेर्ने जादु
मेरो नक्कली, काँसोमा िथयो

फुल्दैछ कि झर्दैछ हाम्रो माया
जोरी-पारीको, चासोमा थियो

तिम्रो र मेरो मायाको प्रमाण
तिम्ले बोकेको, नासोमा थियो

 धुर्ब के.सी, 
सात समुन्द्र पारीबाट
Present U.S

Saturday, August 18, 2012

187.अलि कति नसाको सुरमा, मातेर आज


अलि कति नसाको सुरमा, मातेर आज 
अंगालोमा मोरीलाई चरप्प,बाधेर आज 

ऊनी संग चल्दै-चल्दै प्रकृति संग खेल्दै 
त्यो पारीको हरीयो डाडा, काटेर आज

भोलि त खै,कस्ले नै जानेको छ र यहाँ
तार्नेछु खोला मेरो काँधमा,राखेर आज

त्यतीकै त कहाँ, छोड्छु र म ितमीलाई
ितम्रो सोह्र बर्से यौवन, न' चाखेर आज 

धुर्ब के.सी 
सात समुन्द्र पारीबाट...
बुटवल रुपन्देही 
Present U.S