Showing posts with label टिका खड्का -राष्ट्रप्रेमी. Show all posts
Showing posts with label टिका खड्का -राष्ट्रप्रेमी. Show all posts

Sunday, October 28, 2012

489.दु:खको पहाड, ढालेरै छोड्छु |

दु:खको पहाड, ढालेरै छोड्छु |
खुशीको दियो, बालेरै छोड्छु |

भेटिउन जस्तै, अप्ठ्यारा बाटा ,
यी पाईला त्यहाँ, चालेरै छोड्छु |

परिश्रम गर्छु, पसिना रोप्छु ,
त्यो कठोर चट्टान, गालेरै छोड्छु |


हो फाट्यो मुटु, धोकाले हिजो ,
साहस जुटाई, टालेरै छोड्छु |

जिउँनेछु हाँस्दै, दुनियाँ माँझ ,
सुखले जीवन, पालेरै छोड्छु |

टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,

Sunday, October 21, 2012

469.जलि उडे स्वप्न मेरा, बादल बनिगए |

जलि उडे स्वप्न मेरा, बादल बनिगए |
परेलीमै सुके आँसु , न भल बनिगए |

सँगै जिउँछु मर्छु भन्थ्यौ, हिजो सम्म तिमी ,
तिम्रा बाचा झुटो प्रेमको, नक्कल बनिगए |

बल्झी रन्छन् ती पुराना, घाऊ छातीभित्र ,
मेरा दु:ख झल्काई राख्ने, आँचल बनिगए |

चुम्छौँ भन्थे रहरहरु, लक्ष्य जिन्दगीका ,
कर्म आफ्नै खोटी हुँदा, विफल बनिगए |

रुँदै थिए शब्दहरु, म रोएको देखी ,
हेर तिनै शब्द मेरा, गजल बनिगए |

टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला -४
मोरंग ,

Wednesday, September 26, 2012

332.महंगीले नेटो काट्यो, बाँच्नै गाह्रो भयो हजुर !


महंगीले नेटो काट्यो,  बाँच्नै गाह्रो भयो हजुर !
ओठभरि खुशी फूलाई, हाँस्नै गाह्रो भयो हजुर !
.
बग्छ आँसु  सिसासरी चर्किएर दुख्दा छाती ,
परेलीमा स्वप्नसुन्दर साँच्नै गाह्रो भयो हजुर !
.
पहाड जति तेरो भन्छन्, तराई सबै मेरो भन्छन् ,
सिंगो देश छाती माथी, टाँस्नै गाह्रो भयो हजुर !
.
अविश्वासको फाटो बढ्यो, नेपालीमै आज यहाँ ,
भावनाको एउटै माला, गाँस्नै गाह्रो भयो हजुर !
.
उजाड हुँदा बन पाखा,  रुँदै छ त्यो   डाँफे पनि ,
बिचरोलाई हाँस्दै रम्दै, नाँच्नै गार्हो भयो हजुर !
.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,  

Wednesday, September 5, 2012

225.दुई थोपा आँशु तप्प चुहाएर गयो

दुई थोपा आँशु तप्प चुहाएर गयो
बैगुनीले जुनी भरी रुवाएर गयो !!

अंधेरीमा लुट्यो खुशी चुपचाप संहे
संम्झाउदै दुखी मन बुझाएर गयो||

प्यासी बनी मुस्कुराउदै समिपमा आयो
त्यो अतृप्त प्यास उस्ले मेटाएर गयो||

थाहा थियो पिउन हुन्न बिकृतीको बिष
खान्न खान्न भन्दा भन्दै कोच्याएर गयो||

जे जे भयो हिजो राती बिर्सिदेउ भन्दै
मेरो नाम एउटा चिट्ठी पठाएर गयो ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Tuesday, January 31, 2012

4.गजल-टिका खड्का "राष्ट्रप्रेमी"

छाती भरि घाऊ बोकी बाँचेकोछु हजुर ,
परेलीमा आँसु रोकी हाँसेकोछु हजुर |

आशा रुपी दियोहरु मन भित्र बाली ,
सुख खोज्दै रेगिस्तानमा नाँचेकोछु हजुर |

देश छोडी भेष छोडी समुन्द्रनै तरि ,
दु:ख सित मैले नाता गाँसेकोछु हजुर |

विरहले योमन् जल्दा ज्यानै सुक्यो मेरो ,
पिरै पिरमा यो जिन्दगी काटेकोछु हजुर |

सजाएर नयन भरि तस्बिर आफ्नै देशको ,
मुटु माँझ अपार मायाँ साँचेकोछु हजुर |

सुभ पल अनि कुसल मंगलको कामना |

टिका खड्का" राष्ट्रप्रेमी"
मधुमल्ला-४
मोरंग