Tuesday, January 31, 2012

4.गजल-टिका खड्का "राष्ट्रप्रेमी"

छाती भरि घाऊ बोकी बाँचेकोछु हजुर ,
परेलीमा आँसु रोकी हाँसेकोछु हजुर |

आशा रुपी दियोहरु मन भित्र बाली ,
सुख खोज्दै रेगिस्तानमा नाँचेकोछु हजुर |

देश छोडी भेष छोडी समुन्द्रनै तरि ,
दु:ख सित मैले नाता गाँसेकोछु हजुर |

विरहले योमन् जल्दा ज्यानै सुक्यो मेरो ,
पिरै पिरमा यो जिन्दगी काटेकोछु हजुर |

सजाएर नयन भरि तस्बिर आफ्नै देशको ,
मुटु माँझ अपार मायाँ साँचेकोछु हजुर |

सुभ पल अनि कुसल मंगलको कामना |

टिका खड्का" राष्ट्रप्रेमी"
मधुमल्ला-४
मोरंग

No comments :

Post a Comment