Tuesday, January 31, 2012

3. गजल-श्रीमतिको संदेश ( रकाश मणि खनाल)

जता जाउँ  तेतै दूलो  टालौं कसरी
जिन्दगीको यात्रा अब चालौं कसरी

मेलापात   गर्थे सधैं  आज सकिन
चुलाचौका आगो अब बालौं कसरी


जिन्दगीको  केही भर    छैन अबत
सानानानी बच्चाबच्ची पालौं कसरी

रित्ता भाडा    यत्रतत्र   थला परेर
ढिकुटिमा अन्न छैन  हालौं कसरी

भोक भोकै  बसेपनि कस्ले  सोध्नेर
खाँदा हुन्थ्यो ढुङ्गोपाके गालौं कसरी

 जहाँ जान्छु  तेतै ऋण  कति माग्नुर
 बोझ भयो  मेरो शरीर  फालौं कसरी
~~मणि~~
गोलधाप, झापा.
हाल:क्वालालम्पुर,

No comments :

Post a Comment