Tuesday, January 31, 2012

2.गजल- मणि

निष्ठुरीको  याद अब   भुलाईदेउ मन
कति बस्नु  अनिदोमा  सुलाईदेउ मन

मरुभूमि खडेरीमा मलाई कति बान्छौ
जिन्दगीको मेरो यात्रा  खुलाईदेउ मन

माया के हो पिरतीको निष्ठुरीलाई भनि
मानिसको    मनभित्र    डुलाईदेउ  मन

जिन्दगानी  कोपिलामै  चुडीरहने यहाँ
ठुलै भिड   पाएँ आज   फुलाईदेउ मन

बैगुनीले  छोडी गई   कति सहने पिडा
सक्छौ भने उस्को पनि  रुलाईदेउ मन

दुःख दर्द सबै बिर्सी झुल्न चाहन्छु अब
कृष्णजीको  झुलासरी  झुलाईदेउ मन
Prakash Mani Khanal
 ~~मणि~~
    झापा,

No comments :

Post a Comment