Showing posts with label योगेन ढोली. Show all posts
Showing posts with label योगेन ढोली. Show all posts

Thursday, October 4, 2012

383.साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले

साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले
शिशा जस्तै हाम्रो माया,फुट्यो बाध्याताले||

दैव लाई हाम्रो त्याग,स्वीकार भैन किन
अनायसै सारा खुसी,,,लुट्यो बाध्यताले||

कठोर बन्यो नचाहादै,चोखो प्रीत पनि

खुसी खोसी लछारेर,,कुट्यो बाध्यताले||

चौतारिमा भेट गरी,खोल्थ्यौ मनका कुरा
भेट हुने गोरेटो नि,,,टुट्यो बाध्यताले||

बाटो छुटी यात्रा मोड्मा,भेट्नै गाह्रो हुँदा
अन्तै तिर मेरो नाता,जुट्यो बाध्यताले||

योगेन ढोली
Ktm,Nepal

Wednesday, September 5, 2012

223.घाँघर लाउने बेला देखि,तिमी लाई चिनेको थे

घाँघर लाउने बेला देखि,तिमी लाई चिनेको थे
गाई गोठालो मेला पात्,संग संगै हिनेको थे||

याद आउछ खहरे को,,,पानी घट्टा अझै पनि
तिम्रो चेहरा हेर्दै त्यहाँ,मकै कोदो पिनेको थे||

सोमबारे को हाट भर्न,,भागी भागी जाँदा मैले
सिगार्नलाई दुई चुल्ठि,रातो रिवन किनेको थे||

समय संगै हाम्रो उमेर्,,,हुर्किएर फूल्दै थियो
एकान्त पारी बर्ष हरु,औंला भाँची गीनेको थे||

मिठो कल्पना गर्दै कतै,अब साथै बसौ भनि
जानी नजानी बच्पनमै,केहि कुरा छिनेको थे||

योगेन ढोलि
काठमाडौँ,नेपाल

Thursday, August 30, 2012

214.आसा हरु रोपे तर,,फुलाउन सकिन

आसा हरु रोपे तर,,फुलाउन सकिन
बैरागी यो मनलाई,,भुलाउन सकिन||

धेरै बषन्त पार गरे,,उजाडिदै गएछु
पालुवा झै जिन्दगी,झुलाउन सकिन||

निरासाका पत्थरमा,बजारिन्छु झरेर
उमंगमा आफु लाई,डुलाउन सकिन||

माथी जाँदा झरेछु म,मुन्टिएर फेदिमा
शिखर झै जिवन लाई,चुलाउन सकिन||

स्वार्थी यो दुनियाको,,,बनावटी रंगमा
निस्वर्थी यो खुनलाई,घुलाउन सकिन||

योगेन ढोलि
काठमान्डौ,नेपाल

Wednesday, August 22, 2012

196.दिलको हिस्सा ओगटेर,,,बसी दिनु प्रिय


दिलको हिस्सा ओगटेर,,,बसी दिनु प्रिय
खुसी बनी मनै भित्र,,,पसी दिनु प्रिय||

मधुर प्रीतको घुम्टो खोलि,धित मर्ने गरी
तिम्रो न्यानो अंगालोमा,कसी दिनु प्रिय||

जिन्दगी नै तिमी बिना,अन्धकार लाग्छ
जून घाम् को किरण बनि,खसी दिनु प्रिय||

पिडा बग्छन् आँसु बाट्,पोल्छ मनको घाउ
दर्द नास्ने प्रीत्को मलम्,घसी दिनु प्रीय||

अपार माया सुम्पी दिन्छु,जूनी भरी लाई
प्रेम सागर भित्रै डुबि,,,फसी दिनु प्रिय||

योगेन ढोलि
काठमाडौँ ,नेपाल

Sunday, August 19, 2012

190.चिच्याउदै रुँदै आज,,,भाग्दै छ जिन्दगी


चिच्याउदै रुँदै आज,,,भाग्दै छ जिन्दगी
खेदिएर ओराली पो,,,लाग्दै छ जिन्दगी||

बेदना ले छट्पटिदै,,,मुर्छित भै धर्तिमा
पटक् पटक् मरेर नि,जाग्दै छ जिन्दगी||

कोलाहल् मा आत्तिएर,निर्दोसी हात् फैलाई
साहाराको आशामा भिख्,माग्दै छ जिन्दगी|

नयन् बाट निरन्तर,,,,अश्रु छाल्, उर्लिदा
पिडा भित्रै गुम्सिएर,,पाक्दै छ जिन्दगी||

मृत्यु को त्यो संघार मा,,,पुगेर बारम्बार्
बच्न लाई पु:न ईस्वार्,भाक्दै छ जिन्दगी||

योगेन ढोलि
काठमाडौँ ,नेपाल

Thursday, August 2, 2012

145.तिम्रो निम्ती यादमै सिमित्,रहेर नै गै दिन्छु

तिम्रो निम्ती यादमै सिमित्,रहेर नै गै दिन्छु
क्षितिज भन्दा अझै टाढा,,भएर नै गै दिन्छु||

नयन्, घोच्ने बस्तु ठान्दै,हेला गर्‍यौ मलाई
निरन्तर यि आँसु संगै,,बहेर नै गै दिन्छु||

अचानो भो यो जिन्दगी,,अर्जापेको धार तिमी
जती दिन्छ्यौ लाखौ चोट,सहेर नै गै दिन्छु||

अन्तिम् चोटी भेटी अब,जिन्दगीको कहाँनि
शब्द शब्द तिम्रै सामु,,,कहेर नै गै दिन्छु||

योगेन ढोली
काठमाडौँ ,नेपाल

Tuesday, July 31, 2012

140.बचन् दिने हरु बाटै,,,,,ढाटिएछु म त


बचन् दिने हरु बाटै,,,,,ढाटिएछु म त
आफ्नो भन्ने उनै संग,फाटिएछु मत||

पापी मन्, का धनी हरु,घात गर्दा रैछन्
ब्यार्थ आज पिठो संगै,साटिएछु म त||

सुन्दर्ताको पारखी मन्,खुसी राख्न लाई
मागी मागी जडौरी ले,,ठाँटिएछु म त||

खोल्न पर्ने सारा कुरा,थाँती राख्नु पर्‍यो
बाध्यता ले मुखै थुन्दा,लाटिएछु म त||

बिस्वासको घाँटी रेट्ने,,,पापी हात बाट
ढाल्न लाई फेदै देखि,,,काटिएछु म त||

योगेन ढोली
काठमाडौँ ,नेपाल