Showing posts with label रोहित राना. Show all posts
Showing posts with label रोहित राना. Show all posts

Wednesday, September 17, 2014

मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ

मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ
तराइ अनि मधेस बेचेको आरोप लागेको छ

तँपाइहरुले पत्याउनुस् या त नपत्याउनुस्
शहिदको अवसेष बेचेको आरोप लागेको छ

विस्वास नै लागेको छैन हजुर खै के-खै के? 
याँ आफ्नै परिवेश बेचेको आरोप लागेको छ

अचम्म तस्करी हो भन्दै जेल चलान गरियो
हिरोइन अनि चरेस बेचेको आरोप लागेको छ

न त मैले मान् बेचेकोछु न त नेपाली पन नै
तैपनि नेपाली भेष बेचेको आरोप लागेको छ

रोहित राना
बुटवल्-१३,रुपन्देहि
"Buddha was born in Nepal'

Monday, September 16, 2013

672.हृदय नै दुखाउने, के यो माया हो त

हृदय नै दुखाउने, के यो माया हो त
र बेचैन बनाउने, के यो माया हो त

एकपल नदेख्दा नि,छट्पटीन्छ मन
सम्झनाले सताउने, के यो माया हो त

मनै भरि मृगतृष्णा, घुमिरन्छ संधैं
र सपनीमा आउने, के यो माया हो त

मनले मन खाएसी, कस्को के लाग्छ र
झनै दिल जलाउने, के यो माया हो त

मिलन बिछोड किन, हुन्छ याँ हजुर
धर्धरी नै रुवाउने, के यो माया हो त

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, June 15, 2013

638. यो सराबमा केहि खास छ अचेल

रोहित राना
यो सराबमा केहि खास छ अचेल
त्यसैले त भट्टीकै बास छ अचेल

मनको पिडा बुझ्ने साथी हराए देखि
मेरो साथी खुल्ला आकाश छ अचेल

कमैयाहरु हटाउने खुब भाषर्ण गर्दैछ
तर उसकै घरमा भने दास छ अचेल

एक्लै हिड्नु नि गाह्रो छ मेरो देशमा
पाइलै पिच्छे डर अनि त्रास छ अचेल

हृदयको अमिट छाप नमेटिने रहेछ
र'त जीवन निरास-निरास छ अचेल

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

630. उनैको यादमा यो मन दुखित भएको छ

उनैको यादमा यो मन दुखित भएको छ
अझ दिलको धड्कन भयभित भएको छ

घायल छु म तपाई मान्नुस् या नमान्नुस्
मेरो दिलमा ठुलै पत्थर बज्रित भएको छ

उनले अ भन्दा अलंकार बुझ्थें पहिले त म
आजभोलि स्मरण शक्ति स्थगित भएको छ

धेरै पछि निकै नै अचम्म देखें मैले त हजुर
धोकेवाज नै प्रेमपुजारी भन्दै पुरस्कृत भएको छ

बौलाह, पागल यस्तै उपनाम पाएको छु मैले
सुन्छु कैद गर्न पागलखाना स्थापित भएको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, May 12, 2013

615. हेर्नुस् गजल फुर्नलाइ समय मिल्नु पर्छ

हेर्नुस् गजल फुर्नलाइ समय मिल्नु पर्छ सोंचे झैं लगन जुर्नलाइ समय मिल्नु पर्छ

तिमि किन यति हतार गरि रहन्छौ भनेको
सहि मार्गमा दगुर्नलाइ समय मिल्नु पर्छ

जीवनको चक्रव्युमा सोंचे जस्तै कहाँ हुन्छ र? कसैको प्रतिक्षामा कुर्नलाइ समय मिल्नु पर्छ

नचाहँदा पनि कुनै पल बिर्सिएँ होला हजुरलाई
समेट्न मित्रहरु सम्पूर्णलाइ समय मिल्नु पर्छ

उसले आफ्नै मलामी गएर फर्किएँ भन्दैछ
हो,आफ्नै चिहान पुर्नलाइ समय मिल्नु पर्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" "Buddha was born in Nepal"

Thursday, January 10, 2013

587.जिन्दगी मेरो दर्दमा चलाउँदैछु

जिन्दगी मेरो दर्दमा चलाउँदैछु
ऋण मागेको खर्चमा चलाउँदैछु

सबैको छि-छि र दुरदुरमा छु म
साँच्चै अर्थ न ब्यर्थमा चलाउँदैछु

कुर्दा उनैलाई धेरै बसन्त पार गरेँ
आज अठ्ठाइसौं बर्षमा चलाउँदैछु

जसो तसो चलाउनु नै पर्ने जीवन
मात्र दुखैदुखको स्पर्समा चलाउँदैछु

यो जीवन तिम्रै हो "रोहित"भन्ने
उनको यहि एक शर्तमा चलाउँदैछु


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, January 2, 2013

573.अजम्बरी रहिरहने सबै म अमृत बनाउँछु


अजम्बरी रहिरहने सबै म अमृत बनाउँछु
अमृतले पनि जहरलाइ गर्ने प्रित बनाउँछु

जित्नेहरुको मात्र यहाँ हाई -हाई हुने किन
अब मैले हारेकाहरुको पनि गीत बनाउँछु

जुन अनि घाम कहिल्यै भेट हुँदैनन् किन?
पख्नुहोस् म घामलाइ जुनको मित बनाउँछु

बिर्सेछन् नयाँ पुस्ताले ति पुराना चलनहरु
याद गराउने उनीहरुकै लागि रित बनाउँछु

कार्यन्वयन हुनु जरुरीछ नयाँ कार्यको यहाँ
सोहि कार्य नयाँ पुस्तालाई लत्क्षित बनाउँछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, December 29, 2012

572.एउटाले बेस्सरी थर्काएर गयो

एउटाले बेस्सरी थर्काएर गयो
मुसलधारे आँशु धर्काएर गयो

यो सदिमा नि सानोठुलो जात
भन्दै सुनपानीले छर्काएर गयो

चौतारीमा भेट्ने बाचा थियो है
आएन उ मलाई पर्खाएर गयो

गद्याङ्ग-गुडुंग बिहानै देखि हो
असिना भारि हेर बर्साएर गयो

खेल हो हार जित भैहाल्छ नि
मेरो हारमा तालि बजाएर गयो


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, December 24, 2012

562.पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त

पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त
नयाँ इतिहास केर्ने जिम्मा पाकोछु मैले त

डाक्न मैले सारा नेपालीहरुलाइ डाकेकै छु
सिंहदरबार घेर्ने जिम्मा पाकोछु मैले त

आस्वासन मात्र दिए यी फटाहा नेताहरुले
तिनै नेताहरु सेर्ने जिम्मा पाकोछु मैले त

यो कठ्याँङ्रिने जाडो भरि नै सबै गरिबलाई
न्यानो लुगाले बेर्ने जिम्मा पाकोछु मैले त

अनाथ आश्रमभरि हेर्नुस ति लालाबालाहरु
तिनैलाइ राम्ररी हेर्ने जिम्मा पाकोछु मैले त

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, October 31, 2012

526.विदेशिएँ म अलि अलि दाम कमाएँ


विदेशिएँ म अलि अलि दाम कमाएँ
यो त लाहुरे भो रे यस्तै नाम कमाएँ

बगाएँ रगत पसिना दिन रात नभनी
कर्म यस्तै मेरो न'बिहान'न साम कमाएँ

आदान प्रदान हुन्थ्यो खबर पत्रहरुमा
सानीले कोरेको पत्रहरुका खाम कमाएँ

जस्तो थिएँ छिर्दा परदेश अझै उस्तै छु
केहि नमस्कार त केहि सलाम कमाएँ

कोहि मित्र पुर्वका कोहि पश्चिमका भेटें
खुशी लाग्छ मित्रहरु भने तमाम कमाएँ


~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, October 29, 2012

518.सक्छौ एउटा सुन्दर स्कुल बनाऊ

सक्छौ एउटा सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

हे दैव किन बनायौ जन्म अनि मृत्यु
अमर रहन सबै बरु क्याप्सुल बनाऊ

जाति र धर्म भन्दै लडाई गर्दैछन् याँ
सबै जनाको एउटा साझा कुल बनाऊ

मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन्
यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ

सक्छौ एउटा सुन्दर  स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान











Sunday, October 28, 2012

509.अनायासै रमाउन खोज्नु,गल्ती मेरै रैछ

अनायासै रमाउन खोज्नु,गल्ती मेरै रैछ
उन्कै हात समाउन खोज्नु,गल्ती मेरै रैछ

मलाई लाग्थ्यो उनी केवल मात्र मेरी हुन
हैकम उन्मा जमाउन खोज्नु,गल्ती मेरै रैछ


अन्तै पो रहेछ चाह गिध्ये नजर मात्र म मा
जवर्जस्त माया थमाउन खोज्नु,गल्ती मेरै रैछ

लाग्थ्यो उन्को लागी जे पनि गर्न सक्छु म
उन्कै खातिर कमाउन खोज्नु,गल्ती मेरै रैछ



~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

491.नैतिक शिक्षाको भारि खोज्दैछु

नैतिक शिक्षाको भारि खोज्दैछु
फलाउन बिज्ञान बारी खोज्दैछु

खोजें आकाशमा खोजें समुन्द्रमा
पृथिवी भरि पनि चहारी खोज्दैछु

पाखा पखेरो नदि नाला जताततै
कैले वारि त कैले पारि खोज्दैछु

भेटिनु पर्ने विद्वानसंगै विध्या पनि

भोकप्यास आफैमा मारी खोज्दैछु

असल मित्र भेटे नि चालचलन उस्तै
राम जस्तै मैले आज्ञाकारी खोज्दैछु

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३ रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, October 21, 2012

472.मात्र गजलकार भएँ, तिम्रै कारणले

मात्र गजलकार भएँ, तिम्रै कारणले
जितेर पनि हार भएँ, तिम्रै कारणले

लाग्थ्यो यो संसार,तिम्रो अनि मेरो हो
तर आज कुलंगार भएँ,तिम्रै कारणले


न समुन्द्र तरें जिन्दगीको,न त नदि नै
आज न वार न पार भएँ,तिम्रै कारणले

आखिर यात्रा अन्तै,मोड्यो जिन्दगीले
फ्याँकिएको हतियार भएँ,तिम्रै कारणले

खै कसरि जिउनु,यस्तो लाचारी जीवन
पृथिवीलाइ नै भार भएँ, तिम्रै कारणले


http://rohitmagar.blogspot.com/

@copyright
~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

463.गजल” दशैं विशेष-हुनेलाई यहाँ,

हुनेलाई यहाँ,माला’माल भाछ दशैं
नहुनेलाई कठै!अनि’काल भाछ दशैं

हिजो निशब्द थियो,गल्ली-सडकहरु
आज हेर कस्तो,कोला’हाल भाछ दशैं

धनिकै लागि मात्र,रहेछ यो दशैं त
गरिबलाई अग्लो,पर्खाल भाछ दशैं 

कस्ले पो बुझ्छर,गरिबको पीड़ा यहाँ
बोझ माथि बोझ, यो चाल भाछ दशैं

सबैकोमा चीची-पापा,पाक्दै छ होला
मेरो भने रित्तो-रित्तो, थाल भाछ दशैं

~!~शुभ पल~!~
रोहित राना 
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, October 14, 2012

444.आज एउटा गजल,बहरमा लेख्ने कोशिस मेरो


आज एउटा गजल,बहरमा लेख्ने कोशिस मेरो
डाँडाकाँडा गामबेसी,शहरमा लेख्ने कोशिस मेरो

बगी रहेछन् नदि नाला, कल-कल झरना पनि
नदि नाला झर्ना खोला,नहरमा लेख्ने कोशिस मेरो

प्रेमि प्रेमिकाहरु नै यहाँ, गर्छन्  किन पश्चताप
विषका ति प्यालासंगै,जहरमा लेख्ने कोशिस मेरो

रातलाइ नि दिन ठान्छन्,पागल प्रेमी हरु यहाँ
बिहानीको त्यो सुनौलो,प्रहरमा लेख्ने कोशिस मेरो

मेरो पनि चाहना हो,सुन्दर गजल सृजना गर्ने
खै कस्तो भयो रहरै, रहरमा लेख्ने कोशिस मेरो

@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Thursday, October 11, 2012

439.सम्झिएर उनैलाई, हाँस्न मन लाग्छ

सम्झिएर उनैलाई, हाँस्न मन लाग्छ
कुम-जोडी उनिसंगै,नांच्न मन लाग्छ

पल्लो घरकी उनि, हेर्छिन् लुकी-लुकी
अजम्बरी प्रिती पनि,गाँस्न मन लाग्छ

दुर्घन्धित छ'यो मौसम, शुद्ध खोज्ने सबै
लाज्का गहना उन्लाई,साँच्न मन लाग्छ


जीवन पछि मरण, यो निश्चय नै छ है
केवल उनकै निम्ति,बाँच्न मन लाग्छ

माया गर्छु भन्छिन, मनमा के छ कुन्नि
माया मेरो छ'कि छैन ,जाँच्न मन लाग्छ

http://rohitmagar.blogspot.com/

@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
11th-Oct-12

Monday, October 8, 2012

416.फेरी पनि गरीबलाई, रुवाउन आयो दशैं

फेरी पनि गरीबलाई, रुवाउन आयो दशैं 
आँशुका सिमसिम झरी,चूहाउन आयो दशैं 

गरिबको लागि छैन धन, रुन्छ केवल मन
धनिलाई हुस्की र ब्रान्डी,खुवाउन आयो दशैं

दशैं हो की दशा हो कुन्नि,वर्षै पिछ्ये आउंछ
हुने सब्लाई चारैधाम ,घुमाउन आयो दशैं

यो चाड-वाड परदेशमा नआएकै बेश बरु
पर्देशीलाई आँशुले नै , नुहाउन आयो दशैं

सपना त परिवारसंगै,दशैं मान्ने थियो मेरो
मेरो पनि सोहि सपना, कुहाउन आयो दशैं

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, October 4, 2012

399.मेरै निम्ति एउटा, गजल बनाउ भन्छे काली


मेरै निम्ति एउटा, गजल बनाउ भन्छे काली
पवित्रको प्रतिक फूल,कमल बनाउ भन्छे काली

स्वर्गकै आभाष होस्, हाम्रा दुइ मन मुटु बीच
निर्मल निर्झर झर्ना,कलकल बनाउ भन्छे काली

कु-रिति  कु-संस्कार, त्यागेर अघि बढ्नु पर्छ
भावीले संझिने प्रत्येक,पल बनाउ भन्छे काली

अमर होस् हाम्रो प्रेम,मुना मदनको जस्तै गरि
बिल्कुल नयाँ नियम, बदल बनाउ भन्छे काली

हाम्रो यो प्रेमको पनि,एउटा निशानी होस् अरे
प्रेमको प्रतिक ताज, महल बनाउ भन्छे काली

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


381.दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा

दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा
एक महिने लामो छुट्टी,पाउने भाकोछु आमा

यसपाली त देउसी भैलो, खेल्दै नाँच्ने धोको छ'है
साथिसंगी भैलि भाका पनि,गाउने भाकोछु आमा

दिदि नि खुसि होलिन्, भाइ आउने खबर सुन्दा
यसपाली साँच्चै भाइटिका, लाउने भाकोछु आमा

बालाई मोबाइल किनेछु, भाइलाई एउटा घडी
हजुरलाई छिट्को गुन्यो,ल्याउने भाकोछु आमा

गैरी खेतमा मार्सी धान,लह-लह झुल्दै होलान्
लेक र बेसी मेला -पातमा,धाउने भाकोछु आमा


http://rohitmagar.blogspot.com/
@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान