![]() |
बिष्णु थापा पुलमी तनहुँ: रनिस्वाँरा |
निम्तो गर्छु चेली खोज्दै भाईले ढाँटी टार्यो नभन्नु ।।
दिदी बैनी बाटो हेरी , नछोड्नु चाड तिज तिहार
आइ-जाइ गर्नु होला,भाइले बार बार्यो नभन्नु ।।
चेलिबेटि टाढा हुँदा दु:खको बाण गड्छ मलाई
मनमा छ तिम्रै याद भाईले माँया मार्यो नभन्नु ।।
आशीर्वाद शिरै राखी, संगीन टेकी हिड्छु अचेल
लडेकोछु हाम्रो भाग्य भाईले युद्द हार्यो नभन्नु ।।
भाईटिका झल्को लाग्छ,देउसी भैलो हुन्छ मनमा
आउनेछु गर्व जिती , भाईले ढिलो पार्यो नभन्नु ।।
No comments :
Post a Comment