Saturday, February 5, 2011

११. गजल - शुबास

शुबास श्रेष्ठ

धर्तिको धुलो म जूनको  बयान के गरौं
धूलोको अगाडि उनको बयान के गरौ।

यो'स्वार्थी संसार मुस्किल रहेछ बाँच्ननै
नाङ्गै छ शरीर सूनको बयान के गरौ।

नजिकै सर्दथ्यो मायालु वचन गर्दथ्यो
दु:खमा टाढिने गूनको बयान के गरौ।

बस्दैछु टोलाई बितेका दिनको यादमा
चोटमा बगेका खूनको बयान के गरौ।

के गरौ सारंगी आफ्नै यो रुवाई गीत भो
न सु्न्ने कोही छ धूनको बयान के गरौ।

No comments :

Post a Comment