Sunday, February 6, 2011

१२.गजल - तेज बकस मिया

तेज बकस मिया
माटोमाथी डुल्छु मत जुनको कुरा के गरौँ,
लगाउने लुगा छैन सुनको कुरा के गरौँ ।

झुत्रा झुत्रा थाङ्ना माथि सुती रात बिताउँछु,
किन्न सक्ने औकात छैन ऊनको कुरा के गरौँ ।

तातो पानी दाल फुस्स उमालेर खाने गर्थे,
त्यतीबेला लगाएको गुनको कुरा के गरौँ ।

अलुनो नै हुन्थेयो सधैं नुन हाल्न नपाएर,
त्यतीखेर ल्याइदिएको नुनको कुरा के गरौँ ।

भोकभोकै बस्न पर्दा ढिलो चल्थेयो सासमेरो,
आज भोली बेगले चल्ने खुनको कुरा के गरौँ ।

No comments :

Post a Comment