![]() |
केशब शर्मा |
धैर्यताको बाँध भत्के जनता के के गर्दो रैछन
चड्कन पर्दा बितृष्णाको चर्चा राम्रै पाउनु भो ॥
लुकीछिपी अर्कै संग लगनगाँठो कस्ने कामले
आफ्नै घरका साथीभाइको मन धेरै दुखाउनु भो ॥
भन्नु हुन्थ्यो पदको लागि सम्झौता म गर्दिन है
नढांटेर भन्नुस अब द्वार कसको धाउनु भो ॥
सुन्दैछु कलहको आगो सल्कदैछ भित्र भित्रै
देखाउनलाई सहमतिको गीत मिठो गाउनु भो ॥
पहिले देखि चिन्नेहरु कुरा राम्रो गर्दैनन् है
चोखो हुन कति पल्ट दुधले हजुर नुहाउनु भो ॥
केशब शर्मा
हाल: ब्रिस्बेन, अस्ट्रेलिया
फेब्रुअरी ८, २०११
No comments :
Post a Comment