![]() |
अनुराग कँडेल |
साथीसँग नाता तोडेँ अझै के गरु प्रिया ?
तिमी पाउने चाहनामा आँफैलाई भुलिदिएँ
तिमी तिरै बाटो मोडेँ अझै के गरु प्रिया ?
लुकी-लुकी भेट्न आउँदा तिम्रा बा बिच्किएछन्
तिम्रै लागि टाउको फोडेँ अझै के गरु प्रिया ?
नेता जस्ता तिम्रा दाई भाउ खोज्ने कती ठुलो
आँफै झुकी नाता जोडेँ अझै के गरु प्रिया ?
No comments :
Post a Comment