झूट्टोमाया बाँड्दै सबलाई फूलउनेझै उन्छ्यौ भने
नबाँड ती सस्ता गुलाफ पराईकी हुन्छ्यौ भने ।।
आज मिलन भोलि बिछोड थाहा छैन पर्सि के हो?
कहाँ रह्यो बिश्वाश फेरी जालीमाया बुन्छ्यौ भने ।।
हजारौ छन् हेर्ने आँखा सैयाँै मुख छन् बोलाउने
दुनियाँका कुरा सुन्न मेरै मुख थुन्छ्यौ भने ।।
आँखाभरीको पवित्र मन पर्दाभित्र छिरेपछि
दुर्गन्ध सब हटाउन साबुनपानीले धुन्छ्यौ भने ।।
सफल हुनु पाइला पाइला धोका हैन माया दिई
कस्ले छेक्छ तिम्रो बाटो चन्द्र सूर्य छुन्छ्यौ भने ।।
शाहदेब कटवाल
केत्तुके ५ ओखलढुङ्गा
हाल यू.ए इ
----------------------------------------------------------------------
प्रेम दिवस विशेष गजलको रुपमा यो गजल मेलमार्फत प्राप्त भएको थियो

No comments :
Post a Comment