Wednesday, February 9, 2011

१८.गजल-अभागी कान्छा गाउले

अभागी कान्छा गाउले
तिमि मेरो जिन्दगीमा, जुन बनेर आई देऊ !
सदाबहार संगीतको, धुन बनेर आई देऊ !!

दुख सुख दुवै बुझी, हातमा हात मिलाउदै
दया प्रेमको भाब राखी, गुन बनेर आई देऊ !!

बसन्तको बहार संगै, नया आयम छर्दै छर्दै
सबैलाई लोभ्याउने, सुन बनेर आई देऊ !!

जिबन बनोस यस्तो हाम्रो, "कमला" तिम्रो साथले
नसा नसा बग्ने तिमि, खुन बनेर आई देऊ !!

धेरै माया गर्छु तिमीलाई, नुन जस्तै सधै सधै
तागत दिने मलाई, नुन बनेर आई देऊ !!

No comments :

Post a Comment