![]() |
रामशरण श्रेष्ठ |
नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
जति मायाँ गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई,
मायाँ गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
साथी मध्ये त्यस्तो मिल्ने , तिमी प्रति अति पागल,
चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
नबोलेरै कति कति...., आँखा आँखा बाट मुटु ,
मायाँ भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
पबित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै,
जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
सुख दुख सँगै काट्न.., आँधी भेल जीन्दगीको,
जँगार तर्ने कोहि भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
सम्वन्धको सुरुवात नयाँ, रातो गुलाब बाट गर्दै,
खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
रामशरण श्रेष्ठ
चिसापानी ६,
रामेछाप
--------------------------------------------------------------------------------
यो गजल भ्यलेन्टाईन विशेष गजलको रुपमा मेलबाट प्राप्त भएको थियो .
No comments :
Post a Comment