Monday, September 19, 2011

143.गजल-राम शरण श्रेष्ठ















आऊ अब सल्लाह गरौ, हल्ला धेरै भायो ।।
सँगै जिउँ.. सँगै मरौ, हल्ला धेरै भयो ।।

अरु भन्दा धेरै बुझ्छौ, एकअर्कालाई हामी,
दुबै नजीक नजीक सरौ, हल्ला धेरै भायो ।।

तिम्रो मेरो सम्बन्धको, सबलाई चासो भायो,
जीन्दगीको सागर तरौ, हल्ला धेरै भयो ।।

आखिर चाहिन्छनै एउटा, साथी जीन्दगीमा,
एक अर्काको भारमा परौ, हल्ला धेरै भायो ।।

गरौ सुरु नयाँ जीवन, जाउँ सँगै एउटै बाटो,
ईज्जतमा तल नझरौ, हल्ला धेरै भयो ।।

प्रेम भन्दा ठुलो सायद, छैन अरु  सँसारमा
यहि सन्देश सबैलाई छरौ, हल्ला धेरै भयो ।।

No comments :

Post a Comment