Monday, September 19, 2011

144.गजल अनुप रावत











सोसित पिडित गरिव सबै समुद्र नै तर्दैछन् रे ।।
उराठ गाउँमा बुढापाका पानी नपाई मर्दैछन् रे ।।

सबै नेता देश बिकास अमन चयन छाउँछ भन्थे
सुनिँदैछ आन्दोलनको चेपुवामा निमुखानै पर्दैछन् रे ।।

गुण्डा गिरी गर्दै कर्मचारी पत्रकारलाई निर्घात कुटेर
अनि उल्टै अपराधलाई लुकाउन नेपाल बन्द गर्दैछन् रे ।।

सस्तो मस्तो लोकतन्त्र गणतन्त्र मन्त्रहरु जप्दै
जनताको गाँस बास सान्ति पाउने आसा टर्दैछनर रे ।।

भाषण ठोक्दा जनताको सासन आयो भन्नेहरुले
कानुनलाई फाँसि दिई न्ययको विरुद्ध लड्दैछन् रे ।।

कहाँ कस्तो आयो जनताको लोकतन्ञ गणतन्त्र
भ्रष्टाचारी गद्धारी र सामन्तनै पेटहरु भर्दैछन् रे ।।

No comments :

Post a Comment