Monday, September 19, 2011

145.गजल-अभागी कान्छा गाउँले















तिमी खुशी हुन्छौ भने, हासी-हासी बिदा दिउला म !
खुशी सबै दीई तिमीलाई,दु:ख सबै लिउला म !!

भित्री मन रोए पनि, आशुले अधर धोए पनि
खुशी भई बाच तिमी, मुटु जलाई जिउला म !!

उतै तिमी रम्छौ भने, फाटेर पो के हुन्छ मन
तिम्रो लागि फाटेको मन, जिन्दगी भर सिउला म !!

जहर राखी पानि भन्दै, तिम्रै हातले देउ प्याला
बिसै देउ छैन डर, अमृत मानी पिउला म !!

No comments :

Post a Comment